You are viewing the translated version of समूह गठनको प्रक्या.

Rule 3
समूह गठनको प्रक्या
(१) लघु व्यवसाय सञ्चालन गर्ने प्रयोजनको लागि एउटा समूहमा ४ जनादेखि १० जनासम्म न्यून आय भएका व्यक्तिहरु रहने गरी बेग्लावेग्लै समूह गठन गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिमको समूहको गठन सम्बन्धित न्यून आय भएका व्यक्तिहरु वा सम्बन्धित संस्थाको अगुवाइमा हुनेछ ।
(३) समूहमा सदस्य हुन चाहने न्यून आय भएका व्यक्तिहरुको योग्यता देहाय बमोजिम हुनु पर्नेछ :-
(क) सामूहिक हितको निमित्त लघु व्यवसायमा सहभागी हुन रसोको माध्यमबाट समूहको आर्थिक स्थितिमा सुधार ल्याउन प्रतिवद्ध रहेको,
(ख) नेपाली नागरिक,
(ग) १६ वर्ष उमेर पुगेका,
(घ) मानसिक सन्तुलन ठीक भएको,
(ङ) संस्थाको कार्यक्षेत्र भित्र बसोवास गरेको,
(च) समान उद्देश्यले गठन गरिएको अन्य कुनै समूहको सदस्य नरहेको, र
(छ) बघु कर्जाको महत्व सम्बन्धी ज्ञान भएको ।